सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ललितपुरमा गाडिएको अवस्थामा श व भेटियो

ललितपुरमा गाडिएको अवस्थामा श व भेटियो

3720
Shares
ललितपुरमा गाडिएको अवस्थामा श व भेटियो

 

ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको श व भेटिएको छ ।

मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको श वबारे अनुसन्धान गरिरहेका प्र ह री टोलीले ललितपुरमा पनि श व रहेको सूचना पाएको थियो ।

त्यही आधारमा धापाखेल गएको अ प रा ध महाशाखाको टोलीले अर्को श व बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

बरामद श व तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए । उक्त श व करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्र ह री को अनुमान छ ।

श व प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो । ‘भाडामा लिने मान्छेहरु त्यहाँ छैनन्, अनुसन्धान गरिरहेका छौं’ कुँवरले भने ।

यसअघि १२ माघमा मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरको बस्तीनजिक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको श व भेटिएको थियो । दुवै जना व्यवसायी भएको खुलेको थियो ।

 

3720
Shares

ट्रेन्डिङ