सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा पनि हिउँ पर्न सुरू

काभ्रेमा पनि हिउँ पर्न सुरू

18795
Shares
काभ्रेमा पनि हिउँ पर्न सुरू

 

काभ्रेको बेथानचोक गाउँपालिकाको माथिल्लो भागमा हिउँ पर्न सुरू भएको छ ।

आज बिहानै देखि हिउँ पर्न सुरू गरेको पर्यटन ब्यवसायी कमल प्रसाद नेपालले जानकारी दिनुभयो । बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो ।

हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तिहरु र बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा व्यापक हिमपात भएको छ ।

बस्तीमा बिहान ३ बजेदेखि हिँउ पर्न सुरु गरेको थियो । ५ बजे पछी केहि समय रोकिएको र अहिले फेरी पर्न सुरु भएको पर्यटन ब्यवसायी नेपालले बताउनुभयो ।

गएराति काभ्रे जिल्लाको धेरै जसो ठाउँमा पानी परेको छ ।

पानी परेसँगै यो बर्षको जाडो बिस्तारै कम हुँदै जाने बताइएको छ । कुलको पानी नभएको ठाउँमा आकाशबाट पानी परेपछि हिउँदे बालीलाई सिंचाई पनि राम्रो भएको छ ।

18795
Shares

ट्रेन्डिङ