सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

काभ्रेमा भारी हिमपात

7805
Shares
काभ्रेमा भारी हिमपात

 

काभ्रेको बेथानचोकमा भारी हिमपात भएको छ । बिहानै देखि हिमपात भैरहेको छ ।

बेथानचोक गाउँपालिकाको माथिल्लो भागमा हिउँ पर्न सुरू भएको छ । बिहानै देखि हिउँ पर्न सुरू गरेको पर्यटन ब्यवसायी कमल प्रसाद नेपालले जानकारी दिनुभयो । बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो ।

हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तिहरु र बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा व्यापक हिमपात भएको छ ।

बस्तीमा बिहान ३ बजेदेखि हिँउ पर्न सुरु गरेको थियो । ५ बजे पछी केहि समय रोकिएको र अहिले पनि हिउँ परिरहेको पर्यटन ब्यवसायी नेपालले बताउनुभयो ।

यता बनेपा, पनौती र धुलिखेलको केही ठाउमा यति बेला हिउँ परिरहेको छ।
सडक अवरुद्ध भएको छ । भिर पाखा सेताम्मे भएको छ ।

7805
Shares

ट्रेन्डिङ