सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रे कांग्रेसले थाल्यो स्थानीय तह निर्वाचन केन्द्रीत छलफल

काभ्रे कांग्रेसले थाल्यो स्थानीय तह निर्वाचन केन्द्रीत छलफल

4705
Shares
काभ्रे कांग्रेसले थाल्यो स्थानीय तह निर्वाचन केन्द्रीत छलफल

 

काभ्रे : १४ औं जिल्ला अधिवेशनपछि जुर्मुराएको कांग्रेस काभ्रेले आगामी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल सुरु गरेको छ ।

शुक्रबार जिल्ला सभापति तीर्थ लामाको सभापतित्वमा बनेपा स्थित कार्यालयमा भएको छलफल भएको हो ।

छलफलमा जिल्ला कार्य समितिका पदाधिकारी तथा १३ मध्ये ११ वटा पालिकाका सभापति सहभागी भएका थिए ।

भुम्लु गाउँपालिका र धुलिखेल नगर सभापति अस्वस्थता कारण बैठकमा सहभागी नभएको जिल्ला कार्य समिति सचिब गुणराज मुक्तानले जानकारी दिनुभयो ।

सचिव मुक्तानका अनुसार १४ जिल्ला कार्य समितिको पहिलो बैठक आज बस्दैछ । त्यहि बैठकमा लैजाने एजेण्डाका बारे शुक्रबार परामर्श बैठक बसेको सचिब मुक्तानले बताउनुभयो ।

‘स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर त बैठक बसेको होईन । तर पनि नेताहरू भेला भएपछि स्थानीय तहको निर्वाचनको पनि सामान्य कुराकानी भयो ।

शनिबार बस्ने १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठकको एजेण्डा तय गर्न शुक्रबार बैठक बसेको हो । सचिब मुक्तानले भन्नुभयो ।’

 

4705
Shares

ट्रेन्डिङ