सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आजको मौसम : वर्षाको सम्भावना

आजको मौसम : वर्षाको सम्भावना

2740
Shares
आजको मौसम :  वर्षाको सम्भावना

 

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रहने छ।

देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण सोमवार बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ को पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १ को पहाडी भू-भागको एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

 

2740
Shares

ट्रेन्डिङ