सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दोलालघाटबाट बेपत्ता माधव अझै बेखबर

दोलालघाटबाट बेपत्ता माधव अझै बेखबर

4115
Shares
दोलालघाटबाट बेपत्ता माधव अझै बेखबर

 

काभ्रेको दोलालघाटबाट बेपत्ता भएका माधव प्रसाद फुयाल अझै नभेटिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

खोजी कार्य भने भइरहेको डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

सँगै बे प त्ता भएका सिन्धुपाल्चोक जिल्ला माइती भई काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ घर भएकी सिर्जनाको भने श व फेला परेको छ । सुनकोशी नदी किनार अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट क्षेत्रमा सिर्जनाको श व फेला परेको थियो ।

माधव र सिर्जना माघ ७ गते भुम्लु गाउँपालिका वडा नम्बर ८ ईन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंङ्गा माथि कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगको जुत्ता दुई जोर, कालो लेडिज र जेन्ट्सले बोक्ने पर्स, घडी लगायतका सामग्री छोडेर बे प त्ता भएका थिए ।

म ला मी गएका ब्यक्तिहरुले दोभानमा ती सामग्री देखेपछि प्र ह रीलाई खबर गरेका थिए । सिर्जनाको श व परिवारले जिम्मा लिइसकेको छ । सिर्जनाको श व फेला परेपछि प्र ह रीले माधव पनि कोशीमै हाम फालेको अनुमान गरेको छ ।

प्र ह रीले अर्को तर्फ सिर्जनालाई कोशीमा फालेर माधव कतै कुलेर बसेको पनि हुनसक्ने शं काका बीच सम्भावित प्र ह री युनिटलाई सजग गराइरहेको जिल्ला प्र हरी कार्यालय काभ्रेले जनाएको छ ।

सिर्जना माघ २ गतेबाट सम्पर्क बिहीन भएकी थिइन् । पनौती नगरपालिका वडा नम्बर ८ खरीबोट घर भएका ४० बर्षीय माधव प्रसाद फुयालको माघ ३ गते घरबाट सम्पर्क बिहीन भएका थिए ।

 

4115
Shares

ट्रेन्डिङ