सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

3670
Shares
हिउँ खेल्न गएका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

 

 

गोरखा : हिउँ खेल्न हिँडेका गोरखाका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका १६ वर्षीय करण घले र वडा नम्बर २ का १६ वर्षीय साइँला घले पाँच दिनदेखि परिवारको सम्पर्कमा नआएपछि खोजी थालिएको जिल्ला प्र ह री कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

‘माघ २० गते खाना खाएर लाप्राकमा हिउँ खेल्न गएको परिवारले सूचना दिनुभएको छ,’दाहालले भने,‘प्र ह रीलाई २३ गते जानकारी आयो, हिजोदेखि खोजी तीव्र पारेका छौं ।

’गत बिहीबार धार्चे गाउँपालिका–४ लाप्राकतर्फ हिउँ खेल्न गएको परिवारको सूचनाको आधारमा खोजी भइरहेको प्र ह रीले जनाएको छ । स्थानीय र प्र ह रीले आइतबार र सोमबार दिनभर लाप्राक क्षेत्रमा खोजी गरे पनि उनीहरूलाई फेला पार्न नसकेको बताइएको छ।

‘हिउँ खेल्न गएको भन्ने सूचनाको आधारमा लाप्राक क्षेत्रमा खोजी भइरहेको छ, आफन्त र चिनेजानेका व्यक्तिहरूकहाँ पुगे कि भन्ने तरिकाले पनि खोजी गरिरहेका छौं,’ उनले भने ।

स्थानीय जितबहादुर घलेले पनि उनीहरूको अवस्थाबारे केही जानकारी नपाएको बताए। छिमेकी गाउँ लाप्राक, गुम्दा, लापुसम्म खबर गरेर हराएका किशोरहरूको खोजी गरिएको उनी बताउँछन् ।

बिहीबार मम्चेमा रहेको भन्ने खबर पाएको तर त्यसपछि उनीहरू कता गए भन्ने पक्ता लगाउन नसकिएको उनले भने ।

यसअघि चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बे प त्ता भएका ५ जनाको प्रह रीले उ द्धार गरेको छ । आइतबार दिउँसो चन्द्रागिरी डाँडामा हिउँ खेल्न गएका काठमाडौं चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानका एकै परिवारका ५ जना हराइरहेको खबर आएपछि काठमाडौं प्रहरीले उनीहरुको मध्यराति उद्धार गरेको थियो।

पछिल्लो साता देशका अधिकांश उच्च पहाडी क्षेत्रमा बाक्लो हिउँ परेको थियो ।

 

3670
Shares

ट्रेन्डिङ