सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्थानीय तहको निर्वाचन फर्केर हेर्दाः काभ्रेको कुन पालिकामा कसले जितेका थिए ?

स्थानीय तहको निर्वाचन फर्केर हेर्दाः काभ्रेको कुन पालिकामा कसले जितेका थिए ?

11055
Shares
स्थानीय तहको निर्वाचन फर्केर हेर्दाः काभ्रेको कुन पालिकामा कसले जितेका थिए ?
  • भक्त बहादुर दाहाल

काभ्रे : सरकारले २०७९ साल बैशाख ३० गतेका स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ ।

२०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । तर यो पटक सरकारले एकैपटक सबै क्षेत्रमा स्थानीय तहको निर्वाचन गर्ने बताएको छ ।

काभ्रे जिल्लामा १३ वटा स्थानीय तह छन् । जिल्लामा सबैभन्दा ठूलो दल एमाले हो । तर पार्टी फुटपछि भने साइज कम भएको छ । ६

वटा नगरपालिका मध्ये पाँचखाल नगरपालिका बाहेक ५ वटामा एमालेले प्रमुख, उपप्रमुख सहित विजयी हासिल गरेको थियो ।

बनेपा नगरपालिका

बनेपा नगरपालिका काभ्रे जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । २०७४ सालको निर्वाचनमा यो नगरपालिकामा नगर प्रमुखमा एमालेका लक्ष्मी नरसिंह बादे ११ हजार ४०९ मत सहित विजयी हुनुभएको थियो ।

उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम राज जोशीले ९ हजार ६५९ मत र माओवादी केन्द्रका भोला प्रसाद अर्यालले १३ सय ७० मत ल्याउनुभएको थियो ।

 

उपप्रमुखमा एमालेकै रेखा सापकोटा (दाहाल) ११ हजार २ मत सहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका निर्मला श्रेष्ठले १० हजार ६० र माओवादी केन्द्रका सुशिला सुद्धकारले १३ सय ७ मत प्राप्त गर्नुभएको थियो ।

 

धुलिखेल नगरपालिका

धुलिखेल नगरपालिकामा एमालेका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठ ७ हजार ९८१ मत सहित नगरप्रमुखमा विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रमेश हुमागाईले ५ हजार ४०८ मत र माओवादी केन्द्रका सरस्वती लामाले १६ सय २१ मत प्राप्त गर्नुभएको थियो ।

उपप्रमुख एमालेकै बिमला कुमारी चौलागाई (शर्मा) ६ हजार ७२३ मत सहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका निर्मला कुमारी योगल श्रेष्ठ ४ हजार ९४० र माओवादी केन्द्रका दिल दयाल खोजु श्रेष्ठले २६ सय ६१ मत प्राप्त गर्नुभएको थियो ।

पनौती नगरपालिका

पनौती नगरपालिकामा पनि एमालेका उम्मेदवार भिम न्यौपाने १२ हजार २५७ मत सहित नगरप्रमुखमा विजयी हुनु भएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस विदुर बञ्जाराले ९ हजार १९० र माओवादी केन्द्रका जमुना सापकोटाले १ हजार १२ सय ३९ मत प्राप्त गर्नुभएको थिया ।

 

उपप्रमुख पनि एमालेकै उम्मेदवार गीता बञ्जारा १२ हजार ९९ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका अञ्जु रञ्जितले ९ हजार १२८ मत र माओवादी केन्द्रका जगन्नाथ गिरीले १७ सय ९७ मत ल्याउनुभएको थियो ।

 

नमोबुद्ध नगरपालिका

नमोबुद्ध नगरपालिकामा पनि एमालेकै उम्मेदवार टंक प्रसाद शर्मा ५ हजार ३४६ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कुन्साङ लामाले ४ हजार ९६१ मत र माओवादी केन्द्रका रत्न बहादुर लामाले ३ हजार ८६७ मत प्राप्त गर्नुभएको थियो ।

 

उपप्रमुखमा पनि एमालेकै राम देवी लामा ५ हजार १४७ मत सहित विजयी हुनुभएको थियो । उपप्रमुख लामा हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमला खनालले ४ हजार ४११ मत र माओवादी केन्द्रका देवकी कोइराला (खनाल) ३ हजार ६३९ मत प्राप्त गर्नुभएको थियो ।

पाँचखाल नगरपालिका

पाँचखाल नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेश खरेल ७ हजार ३५६ मत सहित नगरप्रमुखमा विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रुद्र बहादुर बानियाले ६ हजार ८ सय मत र माओवादी केन्द्रका आइते सिं तामाङले ३ हजार २७९ मत ल्याउनुभएको थियो ।

उपप्रमुखमा पनि नेपाली काँग्रेसकै उम्मेदवार लक्ष्मी दनुवार ७ हजार २६ मत सहित विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका भक्त कुमारी लामाले ६ हजार ६२२ मत र माओवादी केन्द्रका रुक्मणी बराइलीले ३ हजार ६२३ मत ल्याउनुभएको थियो ।

 

मण्डनदेउपुर नगरपालिका

काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरमा पनि एमालेका उम्मेदवार टोक बहादुर तामाङ ७ हजार ६४६ मत सहित नगरप्रमुखमा विजयी हुनुभएको थियो ।

नगरप्रमुख तामाङ अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुनुहुन्छ । तामाङको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अच्यूत प्रसाद पौडेलले ६ हजार ३१९ मत र माओवादी केन्द्रका रिता गौतम (ढकाल) ले २ हजार २५९ मत ल्याउनुभएको थियो । ढकाल अहिले एमाले पार्टीमा हुनुहुन्छ ।

 

उपप्रमुखमा एमाले उम्मेदवार निर्मला शाही ७ हजार ५०१ मत सहित विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी राधिका ढकालले ६ हजार १६० मत र माओवादी केन्द्रका निरञ्जन बिष्टले २ हजार ५५१ मत ल्याउनुभएको थियो ।

काभ्रेको ७ वटा गाउँपालिकामा नजिता यस्तो थियो ।

बेथानचोक गाउँपालिका

यो पालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रेम बहादुर तिमल्सिना ३ हजार ८६८ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका प्रेम बहादुर तामाङले २ हजार ७४१ मत र माओवादी केन्द्रका मर्दन सिं तामाङले १ हजार ७४९ मत ल्याउनुभएको थियो ।

पालिका उपाध्यक्षमा नेपाली काँग्रेसकै सरिता लामिछाने ३ हजार ८५२ मत सहित विजयी हुनुभएको थियो । उहाँको प्रतिस्पर्धी एमालेका उन्नती केसीले २ हजार ८४१ म्त र माओवादी केन्द्रका तारा राना तिमल्सिनाले १ हजार ६३२ मत प्राप्त गर्नुभएको थियो ।

भुम्लु गाउँपालिका

भुम्लु गाउँपालिकामा नेकपा एमालेका गुमानध्वज कुँवर ३ हजार ५४८ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका तस्बीर लामाले २ हजार ९४९ मत र माओवादी केन्द्रका नकुल प्रसाद पराजुलीले २ हजार ३९२ मत ल्याउनुभएको थियो ।

पालिका उपाध्यक्षमा एमालेकै तर्फबाट कल्पना कुमारी श्रेष्ठ ३ हजार ५ सय ३६ मत सहित विजयी हुनुभएको थियो । श्रेष्ठ अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका शान्ता क्षेत्री थापाले २ हजार ८३० र माओवादी कन्द्रका अनिता गुरुङले २ हजार ३१४ मत प्राप्त गर्नुभएको थियो ।

 

चौरीदेउराली गाउँपालिका

यो गाउँपालिकामा माओवादी केन्द्रका दिन नाथ गौतम ३ हजार ९२४ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका विक्रम राज गौतमले ३ हजार ४ मत र नेकपा एमालेका लेखराज गौतमले २ हजार ७४१ मत ल्याउनुभएको थियो ।

उपाध्याक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार तारा कुमारी चौलागाई ४ हजार ७ मत सहित विजयी हनुभएको थियो । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका रिता लामाले ३ हजार ४ र नेकपा एमालेका इन्द्र माया योञ्जनले २ हजा। ५४९ मत ल्याउनुभएको थियो ।

खानीखोला गाउँपालिका

यो पालिकामा एमाले उम्मेदवार कृष्ण बहादुर खुलाल २ हजार २३ मत सहित विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्र बहादुर थिङले १६ सय ४४ मत र नेपाली काँग्रेसका गोपाल बहादुर दर्लामीले १६ सय ३७ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा पनि एमाले उम्मेदवार रुक्मेणी गुरुङ २ हजार १३० मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका तारा देवी आचार्यले १५ सय ९६ मत र माओवादी केन्द्रका विष्णु माया मोक्तान १५ सय ६६ मत ल्याएको छ ।

महाभारत गाउँपालिका

यो पालिकामा माओवादी केन्द्रका उम्मेदवार कान्छा लाल जिम्बा २ हजार ३२४ मत सहित पालिका अध्यक्ष विजयी हुनुभएको थियो । उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका रकम सिं घलानले २२ सय ३६ मत र एमालेका राज कुमार कुँवरले १२ सय २० मत ल्याउनुभएको थियो ।

 

उपाध्यक्षमा पनि माओवादी केन्द्रका चेत कुमारी माझी २ हजार ३४३ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका विष्णु माया पुलामीले २२ सय १० र एमालेका रविन माया अस्तानीले १२ सय ४६ मत ल्याउनुभएको थियो ।

रोशी गाउँपालिका

यो गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दल बहादुर लामा ४ हजार ३७२ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका बज्र ध्वज लामाले २९ सय ५७ मत र माओवादी केन्द्रका मिम बहादुर वाईबाले २२ सय १९ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै उम्मेदवार लक्ष्मी कुमारी उप्रेती (बर्तौला) ३ हजार ८९८ मत सहित विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी एमालेका बबिता बोहारा (क्षेत्री) २९ सय ३३ मत र मधेशी जनअधिकार फोरमका प्रकाश थापाले १४ सय २५ मत ल्याउनुभएको थियो ।

तेमाल गाउँपालिका

तेमाल गाउँपालिकामा पनि नेपाली काँग्रेसकै उम्मेदवार सलाम सिं तामाङ ३ हजार ९४९ मत सहित पालिका अध्यक्षमा विजयी हुनुभएको थियो ।

उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रदिप कुमार लामाले ३३ सय ५९ मत र माओवादी केन्द्रको गंगा बहादुर तामाङ (बमध्वज) ले ३२ सय २६ मत ल्याउनुभएको थियो । प्रदिप कुमार लामाले अहिले नेकपा (कीकृत समाजवादी) पार्टी आबद्ध हुनुभएको छ भने बमध्वज प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ ।

उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै दुर्गा माया तामाङ ३ हजार ७८४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेका उषा तामाङ ३३ सय ८९ मत र माओवादी केन्द्रका कल्पना लामाले ३२ सय ८४ मत ल्याउनुभएको थियो ।

11055
Shares

ट्रेन्डिङ