सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सभामुखलाई महाअभियोग लगाउन एमाले सांसद तयार छन् : महेश बस्नेत

सभामुखलाई महाअभियोग लगाउन एमाले सांसद तयार छन् : महेश बस्नेत

5340
Shares
सभामुखलाई महाअभियोग लगाउन एमाले सांसद तयार छन् : महेश बस्नेत

 

 

काठमाडौं : नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन्।

उनले नेकपा एमालेमा एक सय जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्‍याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे। उनले बुद्धिजीवीहरुले पनि महाअभियोग लगाएर सेफ ल्यान्डिङ गराउने कुरा राखेको दाबी गरे।

‘एमालेले सभामुखज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्यान्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीवीको सुझाव पनि छ। अस्ति एउटा कार्यक्रममा डा. मिनेन्द्र रिजाल र म सँगै थियौँ, उहाँले पनि त्यो भन्नुभयो।

एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस्, पास वा फेल हुने एउटा कुरा भयो। त्यसपछि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्ने पनि आएको छ।’ बस्नेतले भने, ‘त्यो बारेमा नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय गरिसकेको छैन ।’

सांसद बस्नेतले बुधबारबाट शुरु हुने संसद बैठकमा आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरे बिरोध जारी रहने बताए।

उनले संसदमा एमसीसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र आफ्नो पार्टीले राखेका माग पूरा नगरे सदनमा एमालेको बिरोध स्वभाविक रहने स्पष्ट पारे।

सांसद बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको टिप्पणी गरे।

 

उनले प्रधानमन्त्री देशको शक्तिशाली व्यक्ति भएर पत्र लेख्ने कुरा स्वभाविक भएको तर पार्टीको अध्यक्षले प्रधानमन्त्रीसँगै हस्ताक्षर गरेर पठाउँदा त्यसले राज्य शक्तिको दुरुपयोग भएको बताए ।

सांसद बस्नेतले प्रचण्डले एमसीसीका बारेमा दोहोरो चरित्र देखाएको भन्दै यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कुटनीतिक क्षमतामाथि प्रश्न उठेको बताए। उनले प्रधानमन्त्री देउवाले पनि एउटा पार्टीको अध्यक्षलाई आफू सरहको अधिकार दिएर गल्ती गरेको आरोप लगाए।

बस्नेतले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने बताए।

 

 

5340
Shares

ट्रेन्डिङ