सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमसीसीविरुद्ध युवाहरुको राँके जुलुस, ७ जना प क्रा उ

एमसीसीविरुद्ध युवाहरुको राँके जुलुस, ७ जना प क्रा उ

3580
Shares
एमसीसीविरुद्ध युवाहरुको राँके जुलुस, ७ जना प क्रा उ

 

काठमाडौं: अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतावि रु द्ध राजधानीको नयाँ बानेश्वर चोकमा प्रदर्शन भएको छ ।

एमसीसी खारेज गर भन्दै १०/१५ जना युवाहरुको समूहले हात हातमा राँके जुलुससहित बानेश्वर चोकमा प्रदर्शन गरेको हो ।

मंगलबार साँझ साढे ६ बजेतिर आफूलाई आम युवा र देशभक्त युवाको नामबाट चिनाउने समूहले बानेश्वर चोकमा १० मिनेटसम्म राँको बालेर एमसीसीवि रु द्ध नाराबाजी गरेका थिए ।

युवाहरुको राँके जुलुस प्रदर्शन हुँदा बानेश्वर चोकमा ट्राफिक बाहेक अन्य प्र ह री युनिट उपस्थित थिएन ।

१०/१५ मिनेटपछि प्र ह री आएर समूहका ६/७ जना समातेर प्र ह रीले लगेको प्रत्यक्षदर्शीले बताएका छन् । प्र ह रीले धरपकड गरेर प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको हो ।

 

3580
Shares

ट्रेन्डिङ