सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • चैतभित्रै मेलम्चीको पानी राजधानीमा

चैतभित्रै मेलम्चीको पानी राजधानीमा

3815
Shares
चैतभित्रै मेलम्चीको पानी राजधानीमा

 

काठमाडौं । मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्‍याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ ।

गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटर सम्म पुरिएको थियो । चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गते देखि उक्त काम गरिरहेको छ ।

बाढीले आयोजनाको मुख्य प्रवेश मार्गको आठ किलो मिटरसडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो । नदीको सतहबाट दुई किमिसम्म ढुङ्गा, गिट्टी, बालुवालगायतका पदार्थले पुरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

3815
Shares

ट्रेन्डिङ