सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दो, कति छन् को रो नाका बिरामी ?

काभ्रेमा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दो, कति छन् को रो नाका बिरामी ?

5700
Shares
काभ्रेमा कोरोना सङ्क्रमण पुष्टि हुने दर घट्दो, कति छन् को रो नाका बिरामी ?

 

काभ्रेमा को रो ना भाइरस संक्रमित भएका सक्रिय बिरामी घट्दै गएका छन् ।

प्रतिदिन सं क्र मित भन्दा निको हुनेको संख्या बढ्दै गएपछि सक्रिय बिरामी घट्दै गएका हुन् ।

काभ्रेमा पछिल्लो केहिदिन दिनदेखि को रो ना स ङ्क्र मण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । पछिल्लो २४ घण्टामा ६३ जना सं क्र मित निको भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनामा को रो ना सङ्क्र मण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ५५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा सङ्क्र मण पुष्टि भएको हो ।

अहिले काभ्रेमा १ सय ५३ जना को रो ना भाइरसका सक्रिय सङ्क्र मित रहेका छन् । तीमध्ये बनेपा नगरपालिकाभित्र ४७ जना को रो नाका सक्रिय बिरामी रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

उनका अनुसार धुलिखेलमा ३९ जना,पनौतीमा २६ जना,पाँचखालमा ६, नमोबुद्धमा ७, जना,मण्डनदेउपुरमा ३ जना को रो नाका सक्रिय बिरामी रहेका छन् ।

त्यस्तै भुम्लु गाउँपालिकामा ९ जना,तेमालमा २ जना,बेथानचोकमा ८, खानीखोला ,महाभारत र चौरीदेउरालीमा १÷१ र रोशीमा ३ जना कोरोनाका सक्रिय बिरामी रहेका स्वास्थ्य प्रशासक डा. सेढाईँले जानकारी दिए ।

ती मध्ये ११७ जना होम आइसोलेशनमा छन् भने ३६ जना अस्पतालको आइसोलेशनमा रहेका छन् । यसैबिच काभ्रेमा आजसम्म २ लाख ४७ हजार ४ सय ४६ जनाले को रो ना भाइसर विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

त्यसैगरी २ लाख ६ हजार ६९१ जनाले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै १५ हजार ५६ जनाले कोरोनाविरुद्धको बुस्टर अर्थात तेस्रो मात्रा खोप लगाएका वरिष्ठ स्वास्थ्य प्रशासक डा.सेढाईँले जानकारी दिए ।

 

5700
Shares

ट्रेन्डिङ