सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सभामुख सापकोटालाई काभ्रेमा देखायो कालोझण्डा

सभामुख सापकोटालाई काभ्रेमा देखायो कालोझण्डा

6305
Shares
सभामुख सापकोटालाई काभ्रेमा देखायो कालोझण्डा

 

सभामुख अग्नि प्रसाद सापकोटालाई काभ्रेमा आज पनि कालो झण्डा देखाइएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठान अनेरास्ववियुका विद्यार्थीले काभ्रेको धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएका हुन् ।

सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन सापकोटा काभ्रे आएका हुन् ।

सोही क्रममा उनीहरुले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर अनेरास्ववियु काभ्रेका विद्यार्थीले सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।

उनीहरुले एमसीसीको खारेजी समेत माग गर्दै सभामुख सापकोटालाई कालो झण्डा देखाएका हुन् ।

केहि हप्ताअघि पनि अनेरास्ववियु काभ्रेले सभामुख सापकोटालाई कालो झण्डा देखाएको थियो ।

अ नेरास्ववियुले गरेको विरोधपछि जिल्ला सुरक्षा समन्वय समितिले नेपाली सेनानै परिचालन गरेको थियो । विरोध पछि विद्यार्थी र सुरक्षाकार्मी बीच झ ड पसमेत भएको थियो ।

 

 

6305
Shares

ट्रेन्डिङ