सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रे कांग्रेसको सङ्गठन विस्तारमा हप्ते–अभियान

काभ्रे कांग्रेसको सङ्गठन विस्तारमा हप्ते–अभियान

5060
Shares
काभ्रे कांग्रेसको सङ्गठन विस्तारमा हप्ते–अभियान

 

 

काभ्रेपलाञ्चोक, २७ माघ: नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन पहिलो साता वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

फागुन १ देखि ७ गतेसम्म सङ्गठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वडास्तरमा भ्रातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय भएको पार्टी जिल्ला सचिव गुणराज मोक्तानले बताए ।

उनका अनुसार भ्रातृ सङ्गठन विस्तारसँगै सबै वडामा पार्टीको टोल समितिसमेत गठन गरिनेछ । काभ्रेपलाञ्चोकको छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् ।

पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै आउँदो शनिबार जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

मोक्तानका अनुसार प्रशिक्षणमा सम्बन्धित वडाबाट गाउँ–नगर कार्य समिति, प्रदेश तथा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, जिल्ला एवं प्रदेश कार्यसमितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी, सदस्य एवं प्रतिनिधिलाई सहभागी गराइनेछ ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दास्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । रासस

 

 

5060
Shares

ट्रेन्डिङ