सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे एमालेका युवा र विद्यार्थीले सेना परिचालन गरेको हल्ला मच्याएर लोकप्रियता कमाउन खोजेको पुष्टि

काभ्रे एमालेका युवा र विद्यार्थीले सेना परिचालन गरेको हल्ला मच्याएर लोकप्रियता कमाउन खोजेको पुष्टि

7950
Shares
काभ्रे एमालेका युवा र विद्यार्थीले सेना परिचालन गरेको हल्ला मच्याएर लोकप्रियता कमाउन खोजेको पुष्टि

 

काभ्रे एमालेले नेपाली सेनालाई ज र्ब जस्ती वि वा दमा तानेको छ ।

आफुहरुको आ न्दो ल नलाई मथर पार्न सेना परिचालन गरेको गलत प्रचार गरेर एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले आफ्नो औकाद प्रष्ट देखाएका हुन् ।

आज सभामुख अग्नी प्रसाद सापकोटा धुलिखेल स्थित एक होटलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेश सभाका उपसभामुखबीच अन्तरक्रियाको उदघाटन गर्न काभ्रे आउँदै हुनुहुन्थ्यो ।

सभामुख धुलिखेल आउने खबर पाएपछि एमालेका युवा र विद्यार्थी धुलिखेको पुरानो बसपार्क क्षेत्रमा भेला भए ।

कालो झण्डा देखाउने थाहा पाएपछि ठूलो संख्यामा नेपाल प्र ह री र सशस्त्र प्र ह री धुलिखेलको पुरानो बसपार्क र बीपी चोकमा तैथान थियो । सभामुख सापकोटाको गाडी आइपुग्यो ।

युवा र विद्यार्थी सभामुखको गाडी तर्फ नारा जुलुस सहित झम्टिना खोज्दा प्र ह रीले सामान्य बल समेत प्रयोग गरेको थियो ।

धुलिखेलमा नेपाली सेना बिहानै देखि खटिएको थियो । जति बेला नेपाल प्र हरी र सशस्त्र प्र ह री सडकमा देखिएकै थिएनन् ।

नेपाली सेनाको धुलिखेल स्थित कालिजंग गणका प्रमुख सेनानी कर्नेल मिलन थापाका अनुसार आजको गस्ती १ महिना अघिदेखि नै तोकिएको थियो ।

आज सभामुख आउने र सेना सडकमा देखिनुसंग कुनै साइनो नरहेको कर्नेल थापाले बताउनुभयो । ‘मन्त्री परिषद्ले निर्णय नगर्दासम्म नेपाली सेना परिचालन हुन पाउँदैन् ।

कसै कसैले गलत ढंगबाट आज सेना परिचालन भयो भनेर प्रचार गरिएको पाइयो । यसमा कुनै सत्यता छैन् । यो हाम्रो महिनादिन अघि नै निर्धारित कार्यक्रम हो । बेला बेलामा सेना यसै गरी निस्कछ । कर्नेल थापाले भन्नुभयो ।’

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला सुरक्षा समितिबाट सेना परिचान गर्ने बारे कुनै छलफल र निर्णय नभएको बताउनुभयो । ‘जिल्ला सुरक्षा समितिको तर्फबाट सेना परिचालन गर्ने बारे कुनै निर्णय भएकै छैन् ।

तर सामाजिक सञ्जाल तिर सेना परिचालन भएको हल्ला गरियो । यसमा कुनै सत्यता छैन् । यो सेनाको पूर्व निर्धारित कार्यक्रम भएको मैले जानकारी पाएको छु । प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो ।’

सामाजिक सञ्जालमा गस्तीमा रहेका सेनाको फोटो राखेर एमालेका नेता कार्यकर्ताले आफुहरुको आन्दोलन रोक्न सेना परिचालन गरेको भन्दै हो हल्ला मच्याएका थिए । धुलिखेलमा सेना परिचालन भएको बारे नेपाली सेनाको जंगी अड्डाले समेत प्रष्ट पारेको छ ।

सभामुख अग्नी सापकोटा वि रु द्ध काभ्रेमा एमालेका युवा र विद्यार्थीले पटक पटक कालो झण्डा देखाउँदै आएका छन् । कालो झण्डा देखाइसकेपछि अनेरास्ववियु काभ्रेका अध्यक्ष अशोक खनालले जारी गरेको विज्ञप्तिमा समेत सेना परिचालन गरेको दाबी गरिएको छ ।

खास गरी उनीहरुले ह त्या रा सभामुख राजिनामा दे, एमसीसी खारेज गर, जस्ता नारा लगाएका थिए ।

विज्ञप्तिमा अनेरास्ववियुका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज शालिकराम पराजुली, अनेरास्ववियु जिल्ला कमिटी सचिब मिलन गौतम र सहसचिब युवराज दाहाल घा इ ते भएको उल्लेख गरिएको छ ।

 

7950
Shares

ट्रेन्डिङ