सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

5235
Shares
हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

 

हाँस्य सिरियल ‘सक्कीगोनी’का कलाकार अर्जुन घिमिरेलाई मा तृ शोक परेको छ ।

उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा नि ध न भएको हो ।

कलाकार घिमिरेले आमाको नि ध न भएको बताए । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघा त भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियो ।

लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् ।

अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए ।

उनले ८ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाकोे स्वास्थ्य अवस्था ठिक ठाउँमा आइदिए चित्त वुझाउने बाटोसम्म हुने थियोे’ भनेर लेखेका थिए ।

ग्रिन सिटीमा उपचार भएको करिब १० महिनापछि उनकी आमाको आज बिहान नि धन भएको हो ।

 

5235
Shares

ट्रेन्डिङ