सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

नेपालले ओमानलाई हरायाे

8775
Shares
नेपालले ओमानलाई हरायाे

 

काठमाण्डाै : चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानसँगकाे खेलमा नेपालले जित हात पारेकाे छ ।

ओमानले दिएकाे एक सय ३६ रनकाे लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायाे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ७३ रन बनाए । यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट मैदानमा भएकाे खेलमा ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनायाे । उसका लागि जेशान मक्सुदले नटआउट ४३ रन बनाए । यस्तै माेहम्मद नदीमले ३१ रनकाे याेगदान गरे ।

बलिङतर्फ नेपालका लागि अविनाश बाेहराले तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक–एक विकेट लिए ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।

 

8775
Shares

ट्रेन्डिङ