सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अरुण नदीको बेलिब्रिज भाँचियो‚ तीनवटा ट्रक नदीमा

अरुण नदीको बेलिब्रिज भाँचियो‚ तीनवटा ट्रक नदीमा

3400
Shares
अरुण नदीको बेलिब्रिज भाँचियो‚ तीनवटा ट्रक नदीमा

 

 

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज शनिबार भाँचिएको छ।

मकालु–५ को नुम र वडा नम्बर–१ वालुङ जोड्ने अरुण नदीमा बनाइएको बेलिब्रिज भाँचिएको हो।

शनिबार दिउँसो निर्माण सामग्री बोकेका ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।

निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएका तीनवटा लो वेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेका छन्।

ट्रकका चालक र सहचालक भने कुशल रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताए।

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए।

पुलको क्षमताभन्दा बढी सामग्री बोकेर एकैपटक तीनवटा ट्रक तर्ने क्रममा पुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताए।

तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले बताए। दुईवटामा रड र एउटामा आयोजनाको टनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए।

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उनले बताए। चालक र सहचालकलाई भने स्थानीय उद्धार गरेका छन्।

२०७५ सालमा इप्सुवा हाइड्रो पावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो। उक्त बेलिब्रिज ५४ मिटर लामो र ३० टन क्षमताको रहेको थियो।

 

 

3400
Shares

ट्रेन्डिङ