सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसको एक दिवसीय प्रशिक्षण,आगामी चुनावको तयारीमा जुट्न गणेश लामाको आग्रह

काभ्रे काँग्रेसको एक दिवसीय प्रशिक्षण,आगामी चुनावको तयारीमा जुट्न गणेश लामाको आग्रह

7345
Shares
काभ्रे काँग्रेसको एक दिवसीय प्रशिक्षण,आगामी चुनावको तयारीमा जुट्न गणेश लामाको आग्रह

 

नेपाली काँग्रेस काभ्रेले वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ ।

आज बनेपामा १३ पालिकाका १३५ वडा कै सभापतिलाई एक दिवसीय प्रशिक्षण दिएको हो ।

नेपाली काँग्रेसका सभापति तीर्थ लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, गणेश लामा,मधुप्रसाद आचार्य, नेपाली काँग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागार्इँ, प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति दिनेश लामा लगायतले प्रशिक्षण दिएका थिए ।

 

प्रशिक्षण कार्याक्रममा बोल्दै केन्द्रिय सदस्य गणेश लामाले पार्टीलाई प्रशिक्षणमार्फत थप एकताबद्ध र सशक्त वनाउन सकिने बताए । उनले काभ्रेका सबै स्थानीय तहहरुमा काँग्रेसको जीत सुनिश्चित हुनेगरि निर्वाचनको तयारीमा जुट्न आग्रह समेत गरे ।

उनले सबै कार्यकर्ताको सक्रिय सहभागिताले मात्रै निर्वाचनमा सफलता पाउन सकिने बताए । सरकारले आगामी बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने मिति घोषणा गरेसँगै नेपाली काँग्रेस काभ्रेले वडा सभापतिहरुलाई प्रशिक्षण दिएको हो ।

जिल्लाका १३५ वडा र १३ वटै पालिकामा नेपाली काँग्रेसको जीत सुनिश्चितताका लागि वडा सभापतिलाई प्रशिक्षण दिएको नेपाली काँग्रेस जिल्ला सभापति तीर्थ लामाले जानकारी दिएका छन।

उनका अनुसार नेपाली काँग्रेस काभ्रेलाई एकजुट बनाएर निर्वाचनमा लैजान प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा प्रशिक्षकहरुले नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकार, तत्काल गर्नुपर्ने कामका बारेमा प्रशिक्षण दिएका थिए ।

यसैबिच, नेपाली काँग्रेस काभ्रेले फागुनको पहिलो साता वडाव्यापी संगठन विस्तार कार्यक्रम अगाडि बढाउने भएको छ ।

आज (शनिवार) प्रशिक्षण दिएको काँग्रेस आइतबारबाट एक साता संगठन विस्तारको कार्यक्रम सञ्चालन गर्ने नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामाले जानकारी दिएका छन । उनले फागुन १ देखी ७ गते सम्म साताव्यापी संगठन विस्तार कार्यक्रम काँग्रेसले सञ्चालन गर्ने जानकारी दिएका छन ।

 

7345
Shares

ट्रेन्डिङ