सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १२ वर्षे मकर मेलाको अन्तिम दिन, आज १ लाख बढी दर्शनार्थीले दर्शन गरे

१२ वर्षे मकर मेलाको अन्तिम दिन, आज १ लाख बढी दर्शनार्थीले दर्शन गरे

12435
Shares
१२ वर्षे मकर मेलाको अन्तिम दिन, आज १ लाख बढी दर्शनार्थीले दर्शन गरे

 

काभ्रेको पनौती नगरपालिकास्थित त्रिवेणीघाटमा लाग्ने १२ वर्षे मकर मेलाको अन्तिम दिन आज १ लाख बढि दर्शनार्थी दर्शन गर्न आएका छन् ।

आयोजकका अनुसार आज एक लाखभन्दा बढी भक्तजन मेला भर्न आएका हुन् ।

धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलाको अन्तिम दिन र शनिबार पनि भएकाले दर्शनार्थीको घुइँचो लागेको हो ।

 

माघे संक्रान्तिबाट सुरु भएको मकर मेलाको आज अन्तिम दिन हो । को रो ना सं क्र म ण जोखिम हुँदाहुँदै भक्तजन मेला भर्न पनौती आएका दर्शनार्थीको भीड नियन्त्रण नियन्त्रण भएको थिएन ।

स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी स्नान गर्ने भनिए पनि सयौंको संख्यामा दर्शनार्थी सहभागी भएका हुन् ।

 

मेलामा आउने श्रद्धालुहरूका कारण पनौती-बनेपा सडकखण्ड हुँदै भक्तपुर जिल्लाको जगतीसम्म सवारीसाधन जाम हुँदा अरनिको राजमार्ग अस्तव्यस्त बनेको थियो ।

पद्मावती, लीलावती र रुद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे पाप मोक्ष हुने जनविश्वास छ।

 

 

12435
Shares

ट्रेन्डिङ