सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज सर्वदलीय बैठक बस्दै, महाअभियोग प्रस्तावबारे छलफल गर्ने

आज सर्वदलीय बैठक बस्दै, महाअभियोग प्रस्तावबारे छलफल गर्ने

3095
Shares
आज सर्वदलीय बैठक बस्दै, महाअभियोग प्रस्तावबारे छलफल गर्ने

 

 

काठमाडौं, २ फाल्गुन : आज सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक सोमबार दिउँसो २ बजेका बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन् ।

यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद हुनुहुन्छ । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।

 

3095
Shares

ट्रेन्डिङ