सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

कस्तो रहला आजको मौसम ?

4190
Shares
कस्तो रहला आजको मौसम ?

 

काठमाण्डाै – तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसाे घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरले आज पनि मौसम सामान्यतया सफा नै हुने बताउनुभयो ।

पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो ।

तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

4190
Shares

ट्रेन्डिङ