सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कायममुकायम प्रधानन्यायाधीश कार्कीद्वारा पूर्ण बैठककाे आह्वान

कायममुकायम प्रधानन्यायाधीश कार्कीद्वारा पूर्ण बैठककाे आह्वान

5030
Shares
कायममुकायम प्रधानन्यायाधीश कार्कीद्वारा पूर्ण बैठककाे आह्वान

 

काठमाण्डाै – महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ ।

बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घ ट नाक्रमबारे छलफल हुनेछ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।

हिजो महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्नु भएको हो ।

 

5030
Shares

ट्रेन्डिङ