सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा नागरिकता बनाउने पुरुषभन्दा महिला धेरै

काभ्रेमा नागरिकता बनाउने पुरुषभन्दा महिला धेरै

7395
Shares
काभ्रेमा नागरिकता बनाउने पुरुषभन्दा महिला धेरै

 

काभ्रेमा नागरिकता बनाउनेमा महिलाको संख्या धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार पुरुषको तुलनामा नागरिकता बनाउनेमा महिलाको संख्या धेरै छन् ।

 

काभ्रेमा २०७८ साल साउन १ गतेदेखि पुस ३० गतेसम्म १० हजार ३५९ जनाले नयाँ नागरिकता बनाएका छन् । यो ६ महिनामा सबैभन्दा बढी पुस महिनामा २ हजार ९२ जनाले नयाँ नागरिकता बनाएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दिप कुमार सुनुवारले जानकारी दिनुभयो ।

 

नयाँ नागरिकता बनाउनेमा पुरुष भन्दा बढी महिला छन् । ६ महिनामा ५ हजार ४६० जना महिला र ४ हजार ८९९ सय जना पुरुषले नयाँ नागरिकता बनाएका छन् ।

 

जिल्लामा ६ हजार ७७४ सय जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । ६ महिनामा २ हजार ६७६ जना महिला र ४ हजार ९८ जना पुरुषले जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकताको प्रतिनिपि लिएका छन् ।

 

महाभारत गाउँपालिकाको बन्खुमा रहेको इलाका प्रशासन कार्यालयबाट बितेको ६ महिनामा ६१० जनाले नयाँ र ८६ जनाले नागरिकताको प्रतिनिधि निकालेको सहायक प्रजिअ सुनुवारले बताउनुभयो ।

 

नयाँ नागरिकता लिनेमा १५३ जना महिला र १२९ जना पुरुष रहेका छन् । विभिन्न गाउँगाउँबाट मानिसहरु नागरिकता बनाउन गाडी नै रिजर्भ गरे आएको सहायक प्रजिअ सुनुवारको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयबाट ६ महिनामा ३ हजार ५ सय ५८ वटा साधारण तर्फबाट राहदानी वितरण गरिएको छ । त्यस्तै द्रुत माध्यम मार्फत १ हजार १२ जनाले राहदानी लिएका छन् ।

इलाका प्रशासन कार्यालय बन्खुबाट साधारण तर्फबाट ११९ र द्रुत माध्यमबाट २५ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

7395
Shares

ट्रेन्डिङ