सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मिटर ब्याजीको डरलाग्दो जालो

मिटर ब्याजीको डरलाग्दो जालो

5945
Shares
मिटर ब्याजीको डरलाग्दो जालो

 

काठमाडौं, २ फागुन : चर्को ब्याजदरमा पैसा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् ।

 

विभिन्न किसिमबाट असुलिने मिटर ब्याजीको माकुरेजालो देशै भर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् ।

काठमाडौँ उपत्यकामा मात्र नभई तराई मधेसका जिल्लामा पनि मिटर ब्याजको समस्या विकराल छ ।

केही समयअघि सर्लाहीबाट श्याम परदेशी भन्ने श्यामकुमार साह २९९ जना ऋणीबाट र रामबाबु यादव पनि २५ जना ऋणीसँग मिटर ब्याज लिएको अभियोगमा प क्रा उ परेका थिए ।

प्रहरीका अनुसार मिटर ब्याजको र माइलो पक्ष के हुन्छ भने मिटर ब्याजीहरू बेरोजगार हुन्छन् । तर ब्याज दिनेहरू व्यापारी-व्यवसायी हुने गरेका छन् ।

यस्ता व्यक्तिहरूको झोलाभरि बाउन्स चेक हुने गरेको बताइन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

 

5945
Shares

ट्रेन्डिङ