सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • टोल–टोलमा पुग्दै काभ्रे काँग्रेस

टोल–टोलमा पुग्दै काभ्रे काँग्रेस

4640
Shares
टोल–टोलमा पुग्दै काभ्रे काँग्रेस

 

नेपाली काँग्रेस काभ्रेले गाउँ गाउँमा विभिन्न कार्यक्रम थालेको छ । नेपाली काँग्रेस काभ्रेले आइतबार देखि १३ वटा पालिकाको १३५ वटै वडामा एक साथ पार्टीको गतिविधि सुरु गरेको हो ।

काँग्रेस काभ्रेको टोल अभियान फागुन ७ गतेसम्म चल्नेछ । टोल समिति गठन गर्ने, वडा समितिको पार्टी कार्यालय उदघाटन गर्ने, भातृ एवं शुभेच्छुक संगठन निर्माण गरिनेछ ।

 

नेपाली काँग्रेस काभ्रेले यसलाई स्थानीय तहको आगामी निर्वाचन केन्द्रीत कार्यक्रमको रुपमा समेत लिएको बुझिएको छ । टोल टोलमा हुने कार्यक्रममा त्यस भेग र क्षेत्रबाट पालिका, प्रदेश निर्वाचन समिति, संघीय निर्वाचन क्षेत्र कार्य समिति, अधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधि सक्रिय सहभागि भएका छन् ।

 

टोल टोलमा भइरहेका कार्यक्रममा अन्य पार्टीका नेता कार्यकर्तालाई काँग्रेसका नेताहरुले आफ्नो पार्टीमा भित्र्याइरहेका छन् । आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठकले पार्टीलाई चलायमान गराउने निर्णय गरेसँगै गाउँ गाउँमा काँग्रेसको कार्यक्रम हुन थालेको हो ।

 

4640
Shares

ट्रेन्डिङ