सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एग्रोभेट र फेन्सी पसलमा आ ग ला गी, दमकल तोडफोड

एग्रोभेट र फेन्सी पसलमा आ ग ला गी, दमकल तोडफोड

5885
Shares
एग्रोभेट र फेन्सी पसलमा आ ग ला गी, दमकल तोडफोड

 

 

परासी: पश्चिम नवलपरासीको परासीमा हिजो साँझ आ ग ला गी हुदाँ ठूलो क्ष ति भएको छ ।

रामग्राम – ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आग ला गी भएको हो । साँझ करिब पौने ८ बजे भएको आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा ध्व स्त भएको छ ।

आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको जिल्ला प्र ह री कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आगलागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

दुवै पसल केही दिन अघिमात्र सञ्चालनमा आएको बताईएको छ । नेपाल प्र ह री,नेपाली सेना र शसस्त्र प्रह री तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।

आगलागी नियन्त्रणको लागि रामग्राम नगरपालिकाको दमकल बोलाईएकोमा शुरुमा पानी नभएको र भरेर आएपछि पनि फोर्स फोहोरा फाल्न नसकेपछि स्थानीय आ क्रो शि त भिडले तो डफो डको प्रयास गरेको थियो ।

बर्दघाट नगरपालिकाबाट आएको दमकललाई पनि स्थानीयले तो ड फो ड गरेका थिए । करिब आगो नियन्त्रणमा आईसकेपछि दमकल आएको भन्दै तो डफो ड गर्दा बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य चो ट लागेको छ ।

 

5885
Shares

ट्रेन्डिङ