सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • साहित्यकार डा. ताना शर्माको नि ध न

साहित्यकार डा. ताना शर्माको नि ध न

4150
Shares
साहित्यकार डा. ताना शर्माको नि ध न

 

काठमाडौँ : नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान नि ध न भएको छ ।

इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ ।

‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका लेखक शर्माका नेपाली, अंग्रेजी, भाषा, ब्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन् ।

शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए । शर्माको माध्यमिक तह पाठ्यक्रममा रहेको ‘घनघस्याको उकालो काट्ता’ निबन्धले उनको नियात्रा लेखनको अनौपचारिक र रोचक शैलीलाई चिनाउन सुरु गरेको हो ।

शर्माका भतिजा दीपेन्द्रनाथ शर्माका अनुसार लामो समयदेखि डिमेन्सिया(विस्मृति समस्या) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए ।

भतिजा शर्माका अनुसार, मंगलबार अपरान्ह पशुपति आ र्य घा टमा अन्तिम सं स्का र हुने भएको छ । शर्माका २ छोरा र श्रीमती रहेका छन् ।

 

4150
Shares

ट्रेन्डिङ