सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाले भव्यताका साथ मनायो स्थापना दिवस (फोटो फिचर )

धुलिखेल नगरपालिकाले भव्यताका साथ मनायो स्थापना दिवस (फोटो फिचर )

9565
Shares
धुलिखेल नगरपालिकाले भव्यताका साथ मनायो स्थापना दिवस (फोटो फिचर )

 

 

काभ्रे : धुलिखेल नगरपालिकाले आज ३६ औं स्थापना दिवस मनाएको छ।

 

पूर्व संचार तथा सूचना प्रविधिमन्त्री एवंं संघीय संसदका सदस्य गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

 

कार्यक्रममा नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले नगरपालिकाले हालसम्म हासिल गरेका उपलब्धि र आगामि दिनमा पालिकाले गर्ने योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिका द्वारा प्रकाशित पुस्तक “स्वस्थ शहर धुलिखेल“ र “शिक्षाको आँखीझ्याल“ बिमोचन समेत गरिएको छ ।

 

पालिकाले समाजसेवी तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरु,संघ संस्था तथा बिद्यालयहरु लाई मानपदवी तथा प्रशंसा पत्रले सम्मान गरेको छ ।

त्यस्तै नगर प्रमुख र उप प्रमुखले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका छन् । कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र तथा छात्राहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । स्थापना दिवसको अवसरमा साँस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

9565
Shares

ट्रेन्डिङ