सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

भोली नेपाल बन्द

4770
Shares
भोली नेपाल बन्द

 

भोली फेरी नेपाल बन्दको घोषणा गरिएको छ ।

 

बिभिन्न राजनीतिक दलहरूले नेपाल बन्दको घोषणा गरेका हुन् । एमसीसीको विरोधमा नेपाल बन्द घोषणा गरिएको बताइएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

 

उनीहरुले हिजो पनि बन्दको आब्हान गरेका थिए । तर बन्दको खासै प्रभाव परेको थिएन् । भोली सदनमा एमसीसी टेबल हुने भएपछि नेपाल बन्दको घोषणा गरिएको ती दलहरुले बताएका छन् ।

 

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको भन्दै कुनै पनि हालतमा अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन् । बन्द आब्हान गरेका ६ राजनीतिक दलले भोली दिउँसो बनेपामा विरोध कार्यक्रम गर्ने बताएका छन् । उनीहरुले हिजो पनि विरोध प्रर्दशन गरेका थिए ।

 

 

 

4770
Shares

ट्रेन्डिङ