सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • आजकाे संसद् बैठकमा एमसीसी टेबल हाेला ?

आजकाे संसद् बैठकमा एमसीसी टेबल हाेला ?

4410
Shares
आजकाे संसद् बैठकमा एमसीसी टेबल हाेला ?

 

काठमाडौं, ६ फागुन : प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गर्नु भएको छ । तर, संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा एमसीसीसम्बन्धी एजेण्डाको विषय समावेश गरिएको छैन ।

 

सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना कम छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले भने आजको बैठकमा एमसीसी टेबल हुने बताउनु भएको छ ।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा नै आजसम्मका लागि पर्खिएर बसेकाले आजको संसद् बैठकमा एमसीसी टेबल हुने उहाँको विश्वास छ ।

 

संसद् बैठक अघि सत्ता गठबन्धनको बैठक बस्दै छ । यस्तै, संसद् बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

 

4410
Shares

ट्रेन्डिङ