सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विवाह बन्धनमा बाँधिए फुटबलर विशाल राई

विवाह बन्धनमा बाँधिए फुटबलर विशाल राई

11465
Shares
विवाह बन्धनमा बाँधिए फुटबलर विशाल राई

 

 

काठमाडौं, ६ फागुन: राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई वैवाहिक बन्धनमा बाँधिएका छन् । झापाका राईले इलामकी रविना गुरुङलाई दुलही बनाएका हुन् ।

 

झापाको अर्जुनधारा नगरपालिका ११ कमलधापका विशाल र इलामको सन्दकपुर गाउपालिका ४ माबुकी रविना झन्डै चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।फागुन ४ गते विशालको तर्फबाट रविनाको घरमा गएर मागेर ल्याइएको थियो ।

 

विशालका अनुसार शुक्रबार राई परम्परा अनुसार विवाह भएको हो र पछि गुरुङ परम्परा अनुसार विवाह हुनेछ । काठमाडौँको दशरथ रंगशालामा मछिन्द्रले लगातार दोस्रोपटक लिगको उपाधि रक्षा गरेका दिन विशाल भने रविनलाई लिन झापाबाट इलाम पुगेका थिए ।

 

झापा फर्कने क्रममा क्लबले उपाधि जितेको जानकारी पाएको विशालले बताए । विशाल लगातार चौथोपटक लिग च्याम्पियन टोलीको सदस्य बनेका छन् । मछिन्द्रबाट लगातार दुईपटक लिग जित्नुअघि उनले त्यही सफलता मनाङ मस्र्याङ्दी क्लबबाट पनि प्राप्त गरेका थिए ।

 

सन् २०१५ मा राष्ट्रिय टोलीमा परेयता उनले पछाडि फर्किएर हेर्नु परेको छैन । २०१५ देखि २०२२ सम्मको यात्रामा उनले ३४ क्याप जित्दै ४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

 

२०१५ मा भारतको पुनेबाट डेब्यु गरेका विशालले माल्दिभ्स, फिलिपिन्स र बंगलादेशविरुद्ध गोल गरिसकेका छन् । बुवा जागिरमान र आमा सावित्राका २९ वर्षे विशाल एक्ला छोरा हुन् ।

 

11465
Shares

ट्रेन्डिङ