सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जिल्ला प्रशासन कार्यालय काभ्रेले आलोपालो प्रणालीमा सेवा दिने

जिल्ला प्रशासन कार्यालय काभ्रेले आलोपालो प्रणालीमा सेवा दिने

6635
Shares
जिल्ला प्रशासन कार्यालय काभ्रेले आलोपालो प्रणालीमा सेवा दिने

 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सेवाग्राहीलाई बार अनुसार सेवा प्रदान गर्ने भएको छ ।

को रो ना भाइरसको प्रभावका कारण सेवाग्राहीको भीडभाड नहुने गरी अर्को व्यवस्था नभएसम्मको लागि अत्यावश्यक बाहेकका सेवा बार अनुसार प्रदान गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

 

आइतबारबाट बार अनुसार सेवा प्रवाह गरिने प्रशासनले जनाएको छ । जिल्लाको १३ वटा स्थानीय तहमध्ये चार वटा बाहेक अन्य स्थानीय तहहरुमा आलोपालो प्रणाली लागू हुने छ ।

 

जसमा धुलिखेल नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई आइतबार, बनेपा नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीलाई सोमबार, पनौती नगरपालिका, भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई मङ्गलबार सेवा दिइनेछ ।

 

त्यस्तै पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाका सेवाग्राहीलाई बुधबार, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका सेवाग्राहीलाई बिहिबार र नमोबुद्ध नगरपालिका र भुम्लु गाउँपालिकाका सेवाग्राहीलाई शुक्रबार सेवा दिने गरी व्यवस्था मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताए ।

 

जिल्लाका तेमाल खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकाको हकमा भने सदरमुकाम टाढा रहेको भन्दै बार तोकिएको छैन । यीमध्ये तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकाका बासिन्दाले सबै बार सेवा पाउने प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले जानकारी दिए ।

 

महाभारत गाउँपालिकाको हकमा भने सम्पूर्ण सेवा इलाका प्रशासन कार्यालय देविटारमा उपलब्ध हुने सुनुवारले जानकारी दिए । अत्यावश्यक सेवाहरु शान्ति सुुरक्षा,मुद्धा र इमर्जेन्सी राहदानी लगायतका सेवाका लागि भने बार तोकिएको छैन् ।

 

यी सेवाहरु प्रशासनबाट ६ दिन नै लिन सकिनेछ । सेवा लिन आउँदा खोप कार्ड (मोबाइलमा फोटो तथा विद्युतिय छायाप्रति) अनिवार्य लिएर आउन पनि प्रशासनले आग्रह गरेको छ ।

 

 

6635
Shares

ट्रेन्डिङ