सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा एमसीसी विरुद्ध मसाल जुलुस

काभ्रेमा एमसीसी विरुद्ध मसाल जुलुस

7365
Shares
काभ्रेमा एमसीसी विरुद्ध मसाल जुलुस

 

काभ्रेको बनेपामा स्वतन्त्र समूहको नाममा मसाल जुलुस निकालिएको छ ।

 

केहिबेर अघि प्राधिकरण चोकबाट मसाल जुलुस निकालिएपछि प्र ह रीले मसाल बिचैमा खोसेको थियो । त्यसपछि उनीहरु एमसीसीको विपक्षमा चारदोबाटो आएर पुनः तीन दोबाटो पुगेर कोणसभा गरेका थिए ।

 

सानो समूहमा भेला भएका उनीहरुले आफुहरु स्वतन्त्र भएको बताएका छन् । कुनै पनि दलसँग आबद्ध नरहेको उनीहरुको भनाई छ । उनीहरुले एमसीसीको विपक्षीमा चर्को नारा लगाएका थिए ।

बनेपामा एमसीसीका विरुद्ध विभिन्न कार्यक्रमहरु भइरहेका छन् । आज ६ दलीय गठबन्धनले पनि विरोध कार्यक्रम गरेको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) काभ्रेको भ्रातृ संगठन युवा संघ नेपालले पनि एमसीसीका विरुद्ध हस्ताक्षर संकलन गरेको छ ।

 

 

7365
Shares

ट्रेन्डिङ