सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • भक्तपुर कप फुटबल: भक्तपुर, बनेपा र छोगर्न विजयी

भक्तपुर कप फुटबल: भक्तपुर, बनेपा र छोगर्न विजयी

8295
Shares
भक्तपुर कप फुटबल: भक्तपुर, बनेपा र छोगर्न विजयी

 

 

भक्तपुर युवा टिमको आयोजनामा भइरहेको भक्तपुर कप फुटवल प्रतियोगिता अन्तर्गत शनिबार तीन वटा खेलहरु भए ।

 

दोश्रो दिनको प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी), बनेपा व्याइज क्वल र छोगर्न फुटबल क्लव विजयी भए ।

 

पहिलो खेलमा भक्तपुर, दोश्रोमा बनेपा व्याइज र तेश्रोमा छोगर्न फुटबल विजयी भएका हुन् । भक्तपुर एफसीले ख्वप फुटसल तथा टेनिङ सेन्टरलाई २—०, मध्यपुर चेतनशिललाई बनेपा व्याइजले ०—१ र छोगर्न फुटबलले महाराजगञ्ज फुटबल क्लवलाई १-० गोलले विजयी भए ।

भक्तपुर एफसी ख्वप फुटसल तथा ट्रेनिङ सेन्टरवीच भएको खेलमा भक्तपुर एफसीकोतर्फबाट अजय चौधरी र उदित चौधरीले एकएक गोल गरे ।

यस्तै मध्यपुर चेतनशिल र बनेपा ब्वाइजवीच भएको खेलमा बनेका समिन खड्काले गोल गरेका थिए । साथै छोगर्न फुटबल र महाराजगञ्ज फुटबल क्लवबीच भएको खेलमा छोगर्नका विजय लामाले गरे ।

तीनवटै खेलमा वेष्ट प्लेयर र राइजिग प्लेयर छनौट गरी उनीहरुलाई नगदका साथै अन्य पुरस्कारहरु दिइयो । प्रतियोगिता अन्तर्गत आइतबार दुई वटा खेलहरु हुने छन् ।

 

8295
Shares

ट्रेन्डिङ