सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा घट्दै कोरोना संक्रमण

काभ्रेमा घट्दै कोरोना संक्रमण

2615
Shares
काभ्रेमा घट्दै कोरोना संक्रमण

 

 

काभ्रेमा आज को रो ना सं क्र मि तसंगै निको हुनेको संख्या पनि घटेको छ ।

 

केहि हप्ताअगाडि लगातार उकालो लागेको सं क्र मण ग्राफ केहि दिनदेखि घट्दै गएको छ । त्यस्तै केहिदेनदेखि बढ्दै गएको निको हुनेदर आज भने घटेको छ ।

 

पछिल्लो २४ घण्टामा १ जनामा मात्रै को रो ना सं क्र म ण देखिएको छ। विभिन्न विधीबाट गरिएको १५ जनाको परिक्षणमा १ जनामा सं क्र मण पाइएको हो ।

 

सोही अवधिमा ४जना को रो नाका बिरामी निको भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जिल्लामा अहिले ३५ जना सक्रिय सं क्र मित रहेका छन् ।

 

जसमध्ये ११ जना बनेपा नगरपालिकामा रहेका छन् । त्यस्तै धुलिखेलमा ६, पनौतीमा ७,पाँचखालमा ५ नमोबुद्ध र मण्डनदेउपुरमा १-१ जना को रो नाका सक्रिय विरामी छन् ।

 

त्यसैगरि रोशी गाउँपालिकामा ३ जना र भुम्लुमा १ जना कोरोनाका सक्रिय बिरामी छन् । जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकामध्ये ५ वटा गाउँपालिका कोरोनामुक्त भएका छन्। जिल्लाका तेमाल,खानीखोला,महाभारत,बेथानचोक र चौँरीदेउराली गाउँपालिका को रो नामुक्त भएका हुन् ।

 

2615
Shares

ट्रेन्डिङ