सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

कस्तो रहला आजको मौसम ?

4705
Shares
कस्तो रहला आजको मौसम ?

 

 

काठमाडौं, ९ फागुन: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाइएको छ।

 

 

सोमवार बिहान प्रदेश १ लगायत देशको पहाडी भू-भागको मौसम सामान्य बदली रही बाँकी भू-भागमा भने सामान्यतः सफा रहेको छ।दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राति देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।

 

प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

4705
Shares

ट्रेन्डिङ