सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमसीसी टेवुल गर्ने पनि माधव नेपाल, कार्यकर्ता उफार्दै पुलिस लाएर चुटाउने नि उनै : बास्कोटा

एमसीसी टेवुल गर्ने पनि माधव नेपाल, कार्यकर्ता उफार्दै पुलिस लाएर चुटाउने नि उनै : बास्कोटा

4035
Shares
एमसीसी टेवुल गर्ने पनि माधव नेपाल, कार्यकर्ता उफार्दै पुलिस लाएर चुटाउने नि उनै : बास्कोटा

 

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सत्ता गठबन्धनका नेताहरुले अनेक चरित्र प्रर्दशन गरेको टिप्पणी गरेका छन् ।

 

पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले सामाजिक स‌जालमा लेख्दै एमसीसी पास गरेरे छाड्छु भन्ने देउवासँग गठबन्धन गर्ने माधव नेपालको अनेक चरित्र प्रस्तुत भइरहेको बताइएका छन् ।

 

‘एमसिसी छाती ठोकेर पास गर्छु भन्दै आएका देउबासंग सत्ता गठबन्धन गर्ने माधब–पुकदा, संसदा टेवुल गर्न सहमति दिने पनि उनै । सडकमा कार्यकर्ता उफार्ने नि उनै । पुलिस लगाएर चुटाउने नि उनै । दमन भो भन्ने पनि उनै। कम्फरटेवलको अर्थ त बल्ल बुझियो,’ बास्कोटाले भनेका छन् ।

 

सत्ता गठबन्धनको नेताहरुको असन्तुष्टिका बीच आईतबार एमसीसी संसदमा टेबुल भएको छ ।

 

एमसीसीको टेबुल गरेको बिरोधमा सत्ता पक्षकै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताहरुले संसद भवन नयाँ बानेश्वरमा प्रर्दन गरेका थिए । जस क्रममा उनीहरुको नेपाल प्र ह रीसँग झ ड पको स्थितीसम्म पुगेको थियो ।

 

https://www.facebook.com/gokulprasadbaskota/posts/504248567725426

4035
Shares

ट्रेन्डिङ