सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेको बनेपा नगरको बजार अनुगमनः सडकपेटी मिचेर राखिएका वस्तु नियन्त्रणमा

काभ्रेको बनेपा नगरको बजार अनुगमनः सडकपेटी मिचेर राखिएका वस्तु नियन्त्रणमा

7365
Shares
काभ्रेको बनेपा नगरको बजार अनुगमनः सडकपेटी मिचेर राखिएका वस्तु नियन्त्रणमा

 

 

काभ्रेको बनेपा नगरपालिकाले मुख्य बजार क्षेत्रको अनुगमन गरेको छ ।

 

बजार क्षेत्रमा फुटपाथ अ ति क्र म ण गरेर ब्यबसाय सञ्चालन गर्ने क्रम बढ्दै गएपछि नगरपालिकाले फुटपाथ खालि गराउन अनुगमन गरेको हो ।

नगर प्र ह री र ट्राफिक प्र ह रीसँग समन्वय गरेर बजार अनुगमन गरेको र सार्वजनिक स्थानमा रहेका फुटपाथ सामाग्री हटाएको बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले जानकारी दिए ।

 

प्रायजसो हार्डवयर तथा कपडा ब्यबसायीले फु ट पाथसम्म सरसामान राख्ने तथा नाङलो, ठेला, फलफूल पसल पनि फुटपाथमा नै सञ्चालन हुँदा बजारको सौन्दर्यमा ह्रास आउनुका साथै पैदल यात्रुलाई समस्या छ ।

 

पैदलयात्रु सडकमा नै हिड्नुपर्दा दु र्घ ट नाको जोखिम बढि भएकाले पनि फु ट पाथ ब्यबस्थित बनाउन पहल थालेको अधिकृत उप्रेतिले बताए । फुटपाथ ब्यबस्थित बनाउनका लागि अनुगमनलाई निरन्तरता दिने उनको भनाई छ । अभियानकै रुपमा संचालन नगरेपनि आकस्मिक वा नियमित रुपमा बजार अनुगमन भइरहने उनले बताए ।

 

अनुगमनका क्रममा फुटपाथ तथा सडकपेटीमा व्यक्तिगत प्रयोजनका लागि राखिएका सामाग्री नियन्त्रणमा लिएको उनले बताए ।

 

उनका अनुसार नियन्त्रणमा लिएका सामाग्री अबदेखि सार्वजनिक स्थानमा नराख्न आग्रह गर्दै केहिदिन पछि जरिवाना लिएर फिर्ता गरिनेछ ।

 

सडकमा पैदल यात्रु हिँड्ने बाटो नै कब्जा गरेर राखिएका सामग्रीहरु नगरपालिकाले उठाएको हो । अब्यबस्थित पार्किङ्ग र फुटपाथमा राखिएका सामग्रीले बनेपा कुरूप भन्दै आएको छ ।

 

नगरपालिकाले पटक पटक फुटपाथलाइ खाली गराउने प्रयास गरेपनि सफल हुन सकेको छैन् । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरपालिकाले आज फुटपाथको सामान उठाएको हो ।

 

 

7365
Shares

ट्रेन्डिङ