सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मन्त्री एमसीसीको पक्षमा, अरू विरोधमा

मन्त्री एमसीसीको पक्षमा, अरू विरोधमा

7105
Shares
मन्त्री एमसीसीको पक्षमा, अरू विरोधमा

 

 

काठमाडौं, १० फागुन: सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् ।

 

सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार नै सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई सभामुखमार्फत् संसद्को कार्यसूचीमा राख्न लगाएर संसद्मा टेबल गरेको थियो ।

 

तर, ती दुबै दलले संसद्मा टेबल भइसकेको एमसीसीका विषयमा पुनः असहमति राख्दै पास हुनै नदिने अडान राख्दै आइरहेका छन् । एमसीसीका विषले यी दुवै दलभित्रको कलहसमेत बढेको छ ।

 

गठबन्धन आबद्ध एक शीर्ष नेताका अनुसार दुवै दलबाट सरकारमा सहभागी मन्त्रीहरू एमसीसीका पक्षमा पार्टी उभिनुपर्ने भन्दै लबिङमा छन् । तर, सरकारमा मन्त्री नभएकाहरू भने एमसीसी खोइरो खन्दै विरोध गरिरहेका छन् ।

 

‘सरकारमा मन्त्री बनेका धेरै नेताहरू एमसीसीको पक्षमा छन्, मन्त्री बन्न नपाएकाहरू एमसीसीको विरोधमा छन्, माओवादी केन्द्रकाभन्दा नेकपा एसका मन्त्रीहरूको जोडबल एमसीसीका पक्षमा छ,’ गठबन्धन आबद्ध दलका ती नेताले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

 

 

7105
Shares

ट्रेन्डिङ