सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बेपत्ता भएका दिपेश अझै भेटिएनन्, देखेर खबर गर्नेलाई १ लाख ११ हजार दिइने

बेपत्ता भएका दिपेश अझै भेटिएनन्, देखेर खबर गर्नेलाई १ लाख ११ हजार दिइने

4015
Shares
बेपत्ता भएका दिपेश अझै भेटिएनन्, देखेर खबर गर्नेलाई १ लाख ११ हजार दिइने

 

यहि फाल्गुन ५ गतेदेखि हराएका दिपेश मानन्धर अझै बेपत्ता छन् । रामेछापको मन्थली नगरपालिका –१ का २७ वर्षीय दिपेश मानन्धर फाल्गुन ५ गते बिहीबार बिहान घरबाटै बेपत्ता भएका हुन्।

शं कास्पद ठाउँमा उनको खोजीका लागि प्र ह री प्रशासन र स्थानीय लागि परिरहेका छन् । निलो ज्याकेट, खैरो जुत्ता, जिन्सको पाइन्ट लगाएका र गहँुगोरो बर्णका दिपेशलाई देख्नुहुनेहरुले प्रहरीमा तथा उनका बुबा दिलकुमार मानन्धरलाई सम्पर्क गर्न बुबा दिलकुमारले आग्रह गरेका छन् ।

 

बुबाका अनुसार दिपेशले पैसा, मोबाईल र कुनै पनि कागजपत्र बोकेका छैनन् । दिपेशलाई देखेर परिवार वा प्रहरीलाई जानकारी गराउनेलाई परिवारले इनाम स्वरुप एक लाख ११ हजार १ सय ११ रुपैँया दिने भएको छ । उनका बुबा दिल कुमारले सो इनाम दिने बताएका हुन् ।

 

बेपत्ता युवकका बुबा दिलकुमार मानन्धरले बिहीबार बिहान खाना खाएर उनलाई मधुमेहको परीक्षणका लागि अस्पताल जान सल्लाह दिएको र आफू अफिस गएपछि उनी कता गए थाहा नभएको बताए ।

 

मानन्धरका अनुसार साँझ अबेरसम्म उनी घर नफर्केपछि परिवारले खोजी सुरु गरेका थिए । प्रहरीले पनि दिपेशको खोजी भइरहेको बताएका छन् । कम्प्युटर विज्ञानमा स्नातक गरेका मानन्धरमा केहि रोग समेत रहेको परिवारले बताएका छन् । उनलाई छिन छिनमा निदाउने रोग रहेको उनका बुबा दिलकुमार मानन्धरले जानकारी दिए।

 

4015
Shares

ट्रेन्डिङ