सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज देखि तीन दिनसम्म देशभर वर्षाको सम्भावना

आज देखि तीन दिनसम्म देशभर वर्षाको सम्भावना

5945
Shares
आज देखि तीन दिनसम्म देशभर वर्षाको सम्भावना

 

 

काठमाडौं, १२ फागुन: पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

बिहीवार बिहान देशका विभिन्न भू-भागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १‚ कर्णाली र सूदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

राति देशभर मौसम बदली रही सूदूरपश्चिम, लुम्बिनी र बाँकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

शुक्रवार सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागती र प्रदेश १ का अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागमा भने हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

शनिवार सूदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागती र प्रदेश १ का केही स्थानमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ। पहाडी र हिमाली भू-भागका केही स्थानहरूम हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 

 

5945
Shares

ट्रेन्डिङ