सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • टिपर पल्टिँदा दुई जनाको मृ त्यु, दुई घा इ ते

टिपर पल्टिँदा दुई जनाको मृ त्यु, दुई घा इ ते

5910
Shares
टिपर पल्टिँदा दुई जनाको मृ त्यु,  दुई घा इ ते

 

 

काठमाडाैं : रुकुम (पूर्व) को भूमे गाउँपालिका-४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृ त्यु भएको छ।

 

मृ त्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका-१४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे-५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्र ह री कार्यालयका सूचना अधिकारी प्र ह री निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए।

 

उपचारका क्रममा उनीहरूको मृ त्यु भएको प्र ह री निरीक्षक बाँनियाले बताए। यस्तै दु र्घ टनामा दुई जना घा इ ते भएका छन्। घा इ ते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनियर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका-५ का २३ वर्षका रामआशिष चौधरी छन्।

 

निरीक्षक बाँनियाका अनुसार उनीहरू लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने-बालुवा-देउखोला सडकखण्डमा कार्यरत रहेका थिए। सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँदा उनीहरूलाई किचेको जनाइएको छ।

 

 

 

5910
Shares

ट्रेन्डिङ