सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेबाट मोटरसाइकल चोरेर फरार तामाङ ललितपुरबाट प क्रा उ

काभ्रेबाट मोटरसाइकल चोरेर फरार तामाङ ललितपुरबाट प क्रा उ

10810
Shares
काभ्रेबाट मोटरसाइकल चोरेर फरार तामाङ ललितपुरबाट प क्रा उ

 

 

काभ्रेको बनेपाबाट मोटरसाइकल चोरी गरेर फरार भएका आर्टी तामाङलाई प्र ह रीले मोटरसाइकलसहित प क्रा उ गरेको छ ।

 

रामेछाप सुनापति गाउँपालिका घर भएका आर्टी तामाङलाई महानगरीय ट्राफिक प्र ह री महाशाखाबाट खटिएको टोलीले तामाङलाई ललितपुरको ग्वार्खोबाट बाट प क्रा उ गरेको हो ।

 

बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०–,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी।सी।को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख उमेशराज जोशीले जानकारी दिए ।

 

उनका अनुसार वास्तविक नम्बर प्रदेश ३–०२–००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ ।

निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ ।  नियन्त्रणमा आएको मोटरसाईकल सहित प क्रा उ परेका तामाङलाइ चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी ईलाका प्रह री कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

 

10810
Shares

ट्रेन्डिङ