सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

कस्तो रहला आजको मौसम ?

5610
Shares
कस्तो रहला आजको मौसम ?

 

काठमाडौं, १३ फागुन:  अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।

 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ।

 

राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको असर भोलिसम्म नै रहने छ । पर्सिदेखि भने मौसम सफा हुँदै जाने मौसमविद्ले बताएका छन् ।

 

 

5610
Shares

ट्रेन्डिङ