सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

3815
Shares
हलेसीमा तीन वर्षमा दुई करोड भेटी संकलन

 

 

खोटाङ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ रूपैयाँ आम्दानी भएको छ। त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ व्यय भएको छ।

 

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको धार्मिकस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ रुपैयाँ आय र ४२ लाख ४२ हजार ३५० रुपैयाँ व्यय भएको छ।

 

यस्तै‚ आर्थिक वर्ष २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ रुपैयाँ आय र ४० लाख ६२ हजार ५२१ रुपैयाँ व्यय तथा आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय र ४२ लाख २६ हजार १७९ रुपैयाँ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए।

 

भेटीबापत जम्मा भएको रकम खर्च कटाएर ७७ लाख ६ हजार ४३८ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ। हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहनालगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ।

 

हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ। हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी तुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाबी राख्ने गरेका हुन्।

 

मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए।

 

प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन्। हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन्।

 

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ। रासस

 

 

 

 

3815
Shares

ट्रेन्डिङ