सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब धुलिखेलको देवीस्थानमा प्याराग्लाइडिङ

अब धुलिखेलको देवीस्थानमा प्याराग्लाइडिङ

6970
Shares
अब धुलिखेलको देवीस्थानमा प्याराग्लाइडिङ

 

 

काभ्रेको धुलिखेलमा प्याराग्लाइडिङ्गको परीक्षण सुरु भएको छ । देवीस्थानबाट प्याराग्लाइडिङ्गको परीक्षण सुरु गरिएको हो ।

 

स्काइ राइडर प्लाराग्लाइडिङ्ग कम्पनीले परीक्षण गरिरहेको छ । हिजो तीन वटा फ्लाइट गरिएको परीक्षण आयोजकका किरण कार्कीले जानकारी दिनुभयो ।

 

देवीस्थान डाँडाबाट उडान भरेको प्याराग्लाइडिङ्ग वडा नम्बर ८ को बडाल गाउँमा अवतरण गर्नेछ । आज फेरी दोस्रो चरणको परीक्षण हुनेछ । बिहान ११ बजेदेखि दोस्रो चरणको परीक्षण गरिने कार्कीले जानकारी दिनुभयो ।

 

कार्कीका अनुसार पहिलो चरणको परीक्षण सफल भएको छ । प्याराग्लाइडिङगका लागि आवश्यक पर्ने हावा र मौसम दुबै ठीक छ । परीक्षण अर्को कम्पनीबाट गरेता पनि ब्यवसायीक फ्लाइट भने धुलिखेलमै रहेको विश्व बजार प्याराग्लाइडिङ्ग प्रा.लिबाट गर्ने गरी तयारी थालिएको छ ।

 

यो महिनाको अन्तिमबाट ब्यवसायीक फ्लाईट गर्ने गरी तयारी थालिएको कार्कीले बताउनुभयो । देवीस्थानदेखि बडाल गाउँसम्म १ किलो मिटरको दुरी छ । ‘प्याराग्लाइडिङ्गका लागि आवश्यक पर्ने भौगोलिक वातावरण एकदम ठिक छ ।

 

आवश्यक पर्ने हावा पनि पर्याप्त छ । सबै हिसाबले प्याराग्लाइडिङ्गका लागि यो क्षेत्र ठीक छ । कार्कीले भन्नुभयो ।’ परीक्षण सफल भएकाले धुलिखेलको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने वडा नम्बर ८ का वडाध्यक्ष निराजन जंगमले बताउनुभयो ।

 

‘प्याराग्लाइडिङ्गको ब्यवसायीक फ्लाइट सुरु हुनु भनेको धुलिखेलको पर्यटनका लागि अर्को महत्वपूर्ण आधार तय हुनु हो । पर्यटनका नयाँ नयाँ आयामहरु हामीले खोज्नु पर्छ । यो त्यसैको निरन्तरता हो । वडाध्यक्ष जंगमले भन्नुभयो ।’

 

6970
Shares

ट्रेन्डिङ