सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेस बनेपा नगरद्वारा उग्रतारा जनागाल टोल कार्यसमिति गठन

कांग्रेस बनेपा नगरद्वारा उग्रतारा जनागाल टोल कार्यसमिति गठन

4850
Shares
कांग्रेस बनेपा नगरद्वारा उग्रतारा जनागाल टोल कार्यसमिति गठन

 

 

काभ्रे : नेपाली कांग्रेस बनेपा नगर अन्तर्गत बनेपा १० उग्रतारा जनागाल टोल कार्यसमिति गठन गरिएको छ ।

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शमशेर राणाको प्रमुख आतिथ्यतामा टोल समिति गठन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री राणाले एमसिसिको बारेमा बोल्नुहुँदै कम्युनिष्टहरु धुलमिले भएको बताउनुभयो ।

 

आज एउटा कुरा गर्ने, भोलि एउटा कुरा गर्ने, आज एउटा पत्र विदेशमा लेख्ने भोलि त्यो लुकाउन खोज्ने विपक्ष भइसकेपछि एउटा कुरा गर्ने तर त्यही कुरा आफू सरकारमा हुँदा प्रस्ताव गर्ने भएका कारण नेपाली जनता अत्यन्तै अलमलको परिस्थितिमा रहेको बताए । एमालेले नै एमसिसि सांसदमा लगेर पास गर्नुपर्छ भन्ने प्रस्ताव गरे तर विपक्षमा भएपछि स्पष्ट नबोलेको बताए ।

 

कांग्रेस नेतृत्वले आफूले बोलेको कुरा अडिग हुनुपर्ने बताउदै अरु पार्टीहरुको कोही सडकमा, कोही सदनमा दोहोरो कुरा गरिरहेको भएपनि नेपाली कांग्रेसले यस्ता जटिल विषयमा एक ढिक्का भएको बताउनुभयो ।

 

नेपाली कांग्रेसले भोटको लागि नेपाली जनतालाई अलमल्याउने बताउनुहुँदै, जुन पार्टीले स्पष्ट बोल्छ अन्तमा जनताले त्यो पार्टीलाई नबिर्सिने बताए । नेपाली कांग्रेसबाट मतको लागि आफ्नो रंग, चरित्र, सोचाइ नफेर्ने बताउनुहुँदै आउने दिनहरुमा नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्नुभयो ।

 

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले कम्युनिष्टहरुका ज्यादतीका कारण बनेपा नगर विकास निर्माणमा पछि परेको आरोप लगाउनुभयो ।

 

उहाँले बनेपा नगरमा खानेपानी, फोहोरमैला, साँस्कृतिक सम्पदा संरक्षण लगायतका जनताका आधारभूत आवश्यकताहरुमा ध्यान नदिएको समेत आरोप लगाउनुभयो ।उहाँले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई जनताको मालिक नभई सेवक भएर काम गर्न आग्रह गरे ।

 

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सह–महामन्त्री ऋषिराम घिमिरे, नेपाली कांग्रेस काभ्रे प्रदेश सभा क्षेत्र नं. २ ख का सभापति रामहरि श्रेष्ठ, काभ्रे प्रदेश सभा क्षेत्र नं. २ ख का कोषाध्यक्ष गौतम मानन्धर, जिल्ला सदस्य रविना विष्ट, बनेपा नगरका नगर सभापति महेश कर्माचार्य, बनेपा नगर सहसचिव रुपचन्द्र थापा, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ का सदस्य शान्ती रत्न शाक्य, जनप्रतिनिधि वडा सदस्य हरि श्रेष्ठ लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

नेपाली कांग्रेस वडा नं. १० अन्तर्गत साविक वडा नं. १ टोल समिति गठन कार्यक्रम इकाई सभापति राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

 

नव गठित समितिमा सभापति पुष्पराज थापा, उपसभापति शान्ता खत्री, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी खड्का, सहसचिव दिलुमाया श्रेष्ठ, सह कोषाध्यक्ष विशाल श्रेष्ठ, सदस्यहरुमा गुप्त बहादुर खत्री, शंखलाल मानन्धर, सुरेश खड्का, विजय खड्का, रोजिना श्रेष्ठ, श्यामकाजी थापा, शान्ति कार्कीको समिति गठन गरिएको छ । कार्यक्रममा वडा नं. १० इकाई उपसभापति नकुल केसीले धन्यवाद व्यक्त गरेका थिए ।

 

 

4850
Shares

ट्रेन्डिङ