सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • जनताले बुझदैँ जान थालेपछि काभ्रे जिल्लाभर काँग्रेसमा आकर्षण बढ्यो : गणेश लामा

जनताले बुझदैँ जान थालेपछि काभ्रे जिल्लाभर काँग्रेसमा आकर्षण बढ्यो : गणेश लामा

3110
Shares
जनताले बुझदैँ जान थालेपछि काभ्रे जिल्लाभर काँग्रेसमा आकर्षण बढ्यो : गणेश लामा

 

 

नेपाली काँग्रेस केन्द्रिय सदस्य गणेश लामाले काँग्रेसले जे बोल्छ, त्यही गर्छ भन्ने जनताले बुझदैँ जान थालेपछि काँग्रेसमा काभ्रे जिल्लाभर आकर्षण बढेको बताएका छन् ।

 

काभ्रेको पनौती नगरपालिका १ रयालेमा नेपाली काँग्रेस रयाले वडा समितिद्धारा टोल समिति, भातृ संस्था गठन, पार्टी प्रवेश तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

उनले स्थानीय तहको चुनाव नजिकदै जाँदा भएको सयौँ संख्याको पार्टी प्रवेशले काँग्रेसलाई थप उर्जा मिलेको बताएका छन् ।

 

उनले स्थानीय चुनावमा काँग्रेसको जीत सुनिश्चित रहेको समेत उनको दाबी छ ।

 

काभ्रेको पनौती नगरपालिका वडा नं १ रयालेमा आज एकैदिन ठूला संख्याा नेता कार्यकर्ताले एमाले त्यागेका छन् ।

 

आज एक कार्यक्रमकाबिच एमाले पार्टी छाडेर साढे दुई सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

 

3110
Shares

ट्रेन्डिङ