सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको इन्द्रेश्वर महादेव मन्दिरमा हेलिकोप्टरमार्फत पुष्पबृष्टि

काभ्रेको इन्द्रेश्वर महादेव मन्दिरमा हेलिकोप्टरमार्फत पुष्पबृष्टि

8170
Shares
काभ्रेको इन्द्रेश्वर महादेव मन्दिरमा हेलिकोप्टरमार्फत पुष्पबृष्टि

 

 

महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ ।

 

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको छ ।

 

कार्यक्रममा इन्द्रेश्वर महादेव मन्दिरमा हेलिकोप्टरमार्फत पुष्पबृष्टि गरि महारुद्राभिषेक गरिएको हो ।

 

आज भएको कार्यक्रममा १३० जना ब्राम्हणद्वारा इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री पाठ गरिएको छ ।

 

भागवत धर्म संरक्षण समितिले महारुद्री पाठ कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

 

आयोजक समितिका अध्यक्ष अच्युत भट्टराईलेले इन्द्रेश्वर महादेव र सिङ्गो पनौतीको प्रचारप्रसार गर्ने उद्देश्यले महारुद्री पाठको आयोजना गरेको बताए ।

 

 

ऐतिहासिक एवं धार्मिकस्थल पनौतीको महत्वबारे गर्नुपर्ने प्रचारप्रसारमा कमी आएका कारण पनि थप प्रचार गर्ने र आध्यामिक प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनले बताए ।

 

विगत तीन वर्षदेखि आफूहरुकै आयोजनामा कार्यक्रम हुँदै आएको आयोजक समितिका अध्यक्ष भट्टराईले जानकारी दिए ।

 

 

8170
Shares

ट्रेन्डिङ